फलामे छडमा मूल्यवृद्धि : तीन महिनाको स्टक उपलब्ध गराउन निर्देशन – Nepal Press

फलामे छडमा मूल्यवृद्धि : तीन महिनाको स्टक उपलब्ध गराउन निर्देशन

काठमाडौं । फलामे छडको मूल्य अत्याधिक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन महिनाको स्टक उपलब्ध गराउन विक्रेताहरुलाई निर्देशन दिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सोमबार काठमाडौंका फलामे छड विक्रि गर्ने ठूला पसलहरुको संयुक्त रुपमा अनुगमन गर्दै पौष, माघ र फाल्गुन महिनाको स्टक मूल्यसहित तीन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

एक महिनामा नै छडको भाउमा अत्याधिक वृद्धि भएपछि बजार अनुगमन गरिएको विभागका निरीक्षण अधिकृत विजय भट्टराईले जानकारी दिए ।

त्यस्तै अनुगमनका क्रममा फलामे छडको मूल्य सूची अपग्रेड नगरेको भन्दै एक पसललाई ५० हजार जरिवाना गरिएको उनले बताए ।

उनले बिभागले छिट्टै तेल लगाएत अन्य खाद्य बस्तुको मूल्यवृद्धिका विषयमा बजार अनुगमन गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर