कांग्रेस जिल्ला सभापतिमा देउवा पक्षकाे बहुमत, अरुकाे तागत कति ? (सूचीसहित) – Nepal Press

कांग्रेस जिल्ला सभापतिमा देउवा पक्षकाे बहुमत, अरुकाे तागत कति ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सबै तहको अधिवेशन पूरा भएको छ । गत पुस अन्तिम साता कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो । त्यतिबेला स्थगित गरिएका १६ जिल्लाको अधिवेशन आइतबार राति सम्पन्न भएका छन् ।

७७ वटै जिल्लाको परिणाम सार्वजनिक हुँदा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले बहुमत जिल्लामा नेतृत्व हासिल गरेको छ । गत महाधिवेशनमा देउवाको प्रस्तावक बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पहिलो चरणमा सभापतिमै प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई सघाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिनिकट नेताहरू पनि केही जिल्लाको नेतृत्वमा आएका छन् ।

सभापति देउवानिकट ४१ जना जिल्ला सभापति बनेका छन् । संस्थापनकै उपगुटका रूपमा रहेको सिटौला समूहका २ जना जिल्ला सभापति निर्वाचित भएका छन् । संस्थापनमै समेटिएका सिंहनिकट २ र निधिनिकट १ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

महाधिवेशनमा निकटतम प्रतिस्पर्धी रहेका नेता डा. शेखर कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री डा. शशांक कोइरालानिकट ३१ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइराला महाधिवेशनमा तटस्थ बसेपनि अधिकांश जिल्लामा मिलेरै प्रतिस्पर्धा गरेका थिए ।

कांग्रेसको महाधिवेशनका दौरान नेताहरूको गुट अदलबदल तीव्र भएका कारण जिल्ला सभापतिहरूको स्थायी गुट पहिचानमा नेताहरूमै अलमल देखिन्छ ।

‘अब अहिले जसले जसलाई पनि मिलाइरहेको हुन्छ । तीनै तहको निर्वाचनको टिकट बाँडेर संसदीय दलहरू बनेपछि मात्रै को कताको भन्ने छुट्टिन्छ । त्यतिबेलासम्म जो जता लाग्न पनि सक्छन्’, एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।

संस्थापन (देउवा) पक्षका जिल्ला सभापतिहरू :-

१. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ

२. मकवानपुर- बुद्ध लामा

३. पर्सा- जनार्दनसिंह क्षेत्री

४. सर्लाही- सुरेन्द्रप्रसाद सिंह

५. बारा- राजेशराय यादव

६.. अछाम- पुष्पबहादुर शाह

७. रौतहट- सुनिलकुमार यादव

८. सिरहा- रामचन्द्र यादव

९. धनुषा- योगेन्द्र पजियार

१०. कैलाली- नारायणदत्त भट्ट

११. पाँचथर- रूपनारायण जवेगु

१२. ताप्लेजुङ- गजेन्द्रप्रसाद तुम्याहाङ

१३. ओखलढुंगा- तेजेन्द्र खनाल

१४. भक्तपुर- दुर्लभ थापा

१५. सल्यान- केशवबहादुर विष्ट

१६. डोल्पा- दीपेन्द्रबहादुर शाही

१७. डडेल्धुरा- भीमबहादुर साउद

१८. म्याग्दी- खमबहादुर गर्बुजा

१९. मुगु- ऐनबहादुर शाही

२०. मनाङ- शंकर गुरूङ

२१. हुम्ला- मोहनविक्रम सिंह

२२. बझाङ- खड्क बोहरा

२३. रामेछाप- पूर्णबहादुर (कान्छाराम) तामाङ

२४. जुम्ला- कर्णबहादुर शाही

२५. जाजरकोट- बेदराज सिंह

२६. डोटी- नरेन्द्रबहादुर सिंह

२७. रूकुम- प्रेमप्रकाश वली

२८. पर्वत- युवराज जोशी

२९. इलाम- डम्बरबहादुर खड्का

३०. सुर्खेत- खड्ग पोखरेल

३१. रूपन्देही- रामकृष्ण खाण

३२. कास्की- किशोरदत्त बराल

३३. काभ्रे- तीर्थ लामा

३४. धनकुटा- दिनेश राई

३५. रसुवा- पेम्वाछिरिङ तामाङ

३६. उदयपुर- हिमाल कार्की

३७. लमजुङ- टकराज गुरूङ

३८. बर्दिया- अरूणप्रकाश सिंह राठौर

३९. सोलुखुम्बु- नाम्गेलजाङ्बु शेर्पा

४०. कञ्चनपुर- पदम बोगटी

४१. महोत्तरी- नागेश्वर यादव

संस्थापनइतर (कोइराला-पौडेल) निकट :

१. चितवन- राजेश्वर खनाल

२. सप्तरी- रामदेव साह

३. मोरङ- डिगबहादुर लिम्बू

४. बाँके – नारायण गौडेल

५. नवलपुर- महेन्द्रध्वज जिसी

६. तेह्रथुम-अर्जुन तुम्बाहाम्फे

७. भोजपुर- विनोद वान्तवा

८. खोटाङ- विष्णुकुमार राई

९. संखुवासभा- दीपक खड्का

१०. सुनसरी- केदार भण्डारी

११. प्युठान- विष्णुकुमार गिरी

१२. अर्घाखाँची- केशव श्रेष्ठ

१३. बैतडी- चतुरबहादुर चन्द

१४. दोलखा- बर्मा लामा

१५. गोरखा- नन्दप्रसाद न्यौपाने

१६. नुवाकोट- रमेश महत

१७. धादिङ – रामनाथ अधिकारी

१८. कालिकोट- अम्बबहादुर शाही

१९. रूकुमपूर्व- केशरमान रोका

२०. मुस्ताङ- रोमीगौचन थकाली

२१. बाजुरा- रामसिंह रावल

२२. पाल्पा- हिमालदत्त श्रेष्ठ

२३. स्याङ्जा- राजु थापा

२४. नवलपरासी पश्चिम- अर्जुनकुमार पोखरेल

२०. दार्चुला- ललितसिंह बोहरा

२५. दाङ- शंकरप्रसाद डाँगी

२६. गुल्मी- खिलध्वज पन्थी

२७. रोल्पा- किशोर आचार्य

२८. दैलेख- मणिराम रेग्मी

२९. कपिलवस्तु- अब्दुल कलाम खाँ

३०. तनहुँ – जितप्रकाश आले

३१. सिन्धुली- उपेन्द्र पोखरेल

प्रकाशमान सिंहनिकट :-

१. काठमाडौं – सबुजकृष्ण बानियाँ

२. ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ

कृष्णप्रसाद सिटौलानिकट

१. बागलुङ- जित शेरचन

२. झापा – देउमान थेवे

विमलेन्द्र निधिनिकट :-

१. धनुषा- योगेन्द्र पजियार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर