मंगलम वायरसेफ नेपाली बजारमा – Nepal Press

मंगलम वायरसेफ नेपाली बजारमा

काठमाडौँ । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक नेपाली बजारमा आएको छ । नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम इण्डस्ट्रिजले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ लन्च गरेको छ ।

वायरसेफ विद्युतीय कन्ड्युट पाइप घर धनीहरुका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण भएको कम्पनीले बताएको छ । एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । तर यो पाइप वायरिङ्गको लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरुबाट नबचाउँने बताएको छ ।

मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवाल भने, ‘हाम्रो नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं, जुन अहिलेको आवश्यकता हो । हामीले विद्युत चुहावटका कारण सर्ट सर्किट र अन्य दुर्घटनाहरूका धेरै समाचार सुन्दै आएका छौँ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामाग्रीको साथ–साथै सहि पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ । किनकि घरको लागि पाइपिङ भनेको शरीरको लागि नशा जस्तै हो । वायरसेफको उपलब्धतासँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षति कम हुने विश्वास गर्दछौँ ।’

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर