साउदी राजकुमार नेपाल आउँदै, सहयोग सम्झौतामा हस्ताक्षर हुने – Nepal Press

साउदी राजकुमार नेपाल आउँदै, सहयोग सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।

साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो ।

साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार नै नेपाल र साउदी अरबका विदेशमन्त्रीबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा कोभिड पछिको विकास निर्माण, अन्तर्राष्ट्रिय फोरममा एकअर्काको साथ/समर्थन र वैदेशिक रोजगारीका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा नै नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर गरिने छ । यो दुई देशकोबीचमा गर्न सकिने विभिन्न सहयोगहरु- आर्थिक सामाजिक, औद्योगिक, सांस्कृतिक, लगानी, वैदेशिक रोजगार सबै क्षेत्र समेटेको अम्रेला सम्झौता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर