साउदीका विदेशमन्त्री आज नेपाल आउँदै
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ फागुन ३० गते ७:३२
![](https://www.nepalpress.com/wp-content/uploads/2022/03/saudi-arabia-f-m.jpg)
काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउदैछन् । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा काठमाडौं आउन लागेका हुन् ।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग १ चैतमा बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर