गृहमन्त्री र प्रकाण्डबीच सहमति कार्यान्वयनबारे छलफल – Nepal Press

गृहमन्त्री र प्रकाण्डबीच सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयवस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो ।

छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् ।

भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताउनु भएको थियो ।

नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर