प्रेस चौतारी नेपालको केन्द्रीय समितिमा को-को परे ? (सूचीसहित) – Nepal Press

प्रेस चौतारी नेपालको केन्द्रीय समितिमा को-को परे ? (सूचीसहित)

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १९९ सदस्यीय केन्द्रीय कमिटी र तीनवटा आयोगका पदाधिकारी तथा सदस्यहरुको नामलिस्ट अध्यक्ष मण्डलले सार्वजनिक गरेको छ ।

चुनावको माग गर्ने नेताहरुको आग्रह अश्वीकार गर्दै अध्यक्ष मण्डलले लिस्ट टाँसेको हो । अध्यक्षका दाबेदार बरिष्ठ उपाध्यक्ष माधव नेपाल लगायतले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका थिए ।

आइतबार केन्द्रीय सदस्यहरुको नाम समेत टुंग्याएर केन्द्रीय समितिलाई पूर्णता दिइएको हो । चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन् भने उपाध्यक्षमा गणेश पाण्डे,सविन प्रियासन चौधरी,राजेश राई,देविका घर्ती मगर छन् ।

महासचिवमा हिरामान लामा चयन भएका छन् भने उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् । कोषाध्यक्षमा इन्द्र आचार्य,विक्रम लुइटेल,कमल उपाध्याय,विष्णु तारुके,सुष्मा पौडेल,प्रदीप आचार्य,विष्णु शर्मा,लोग्सरी कुँवर,हरिबल्लभ नेपाल चयन भएका छन् ।

त्यस्तै अनुशासन आयोगको अध्यक्षमा नवराज महतरा,लेखा आयोग अध्यक्षमा सटेन्द्र जगेबु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

चौतारीको नवगठित केन्द्रीय कमिटी यस्तो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर