एमालेबाट निष्कासित १४ सांसद प्रकरण- पूर्ण सुनुवाईका लागि पेश गर्न सर्वोच्चको आदेश – Nepal Press

एमालेबाट निष्कासित १४ सांसद प्रकरण- पूर्ण सुनुवाईका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट करीब ७ महिनापछि पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश भएको छ ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई अब फैसलाको लागि पूर्ण सुनुवाई हुने आदेश दिएको हो । पूर्ण सुनुवाईको लागि मिति तोकिन बाँकी छ ।

ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाईका लागि पेशी तोकिदै मुद्दा धकेलिदै आएको थियो । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर