प्रकाश सपुतलाई समर्थन गर्दै बाबुरामले भने- जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्, तीतो सत्य स्वीकारौं


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ गीतमा टिप्पणी गर्दै समर्थन गरेका छन्। उनको नयाँ पिर बोलको गीत विवादमा तानिएपछि भट्टराईले सपसतको समर्थन गरेका हुन् ।
उनले ‘तीतो सत्य स्वीकारौं, समाधान खोजौं, प्रकाश सपुतलाई नसरापौं’ भन्दै ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । ‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ।अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन्।हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् तीतो सत्य स्वीकारौंसमाधान खोजौं प्रकाश सपुतलाई नसरापौं’ उनले लेखेका छन् ।
‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ।अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु-महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन्।हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्!तीतो सत्य स्वीकारौं;समाधान खोजौं;@PrakashSaput लाई नसरापौं! https://t.co/XGNBfMd4OE
— Baburam Bhattarai (@brb1954) March 13, 2022
भट्टराईले गीतले जनयुद्धको विरोध नरेको भन्दै गीतका सर्जकलाई किन धम्काउने भनेर प्रश्न समेत गरेका छन् ।
उनले ट्वीटरमा अगाडि लेखेका छन्,‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने ?’
म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयाॅ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने? https://t.co/qrkBDBO0bv
— Baburam Bhattarai (@brb1954) March 12, 2022
गायक प्रकाश सपूतको पीर गीतमा माओवादीका नेता कार्यकर्ताहरुले गीत हटाउन दबाब दिएका छन् ।