कोभिड संक्रमण घटे पनि जोखिम कायमै – Nepal Press

कोभिड संक्रमण घटे पनि जोखिम कायमै

काठमाडौं । मुलुकमा कोभिड–१९ को संक्रमण क्रमशः कम हुँदै गएपनि जोखिम भने यथावत् रहेको चिकित्सकहरु बताउँछन् । संक्रमण कम भएपनि स्वास्थ्य सुरक्षाका उपाय अपनाउन चिकित्सहरुले सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकामा ७३ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १९२ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

त्यसैगरी बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु नभएको जनाइएको छ । हालसम्म मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । हाल देशभर पाँच हजार ५० जना सक्रिय सङ्क्रमित रहेका र १०६ जना क्वारेन्टिनमा बसेका छन् ।

पछिल्ला २४ घण्टामा एक लाख १३ हजार चार जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ । खोप अभियान सुरु भएयता चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८६ लाख ११ हजार ६२६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

एक करोड ८३ लाख ९९ हजार ४५१ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १६ लाख ३८ हजार ५३६ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर