गोलाबारी गर्दै रुसी सेना युक्रेनको राजधानी नजिक, राजधानी घेराउ गर्न लागिएको सरकारको भनाइ – Nepal Press

गोलाबारी गर्दै रुसी सेना युक्रेनको राजधानी नजिक, राजधानी घेराउ गर्न लागिएको सरकारको भनाइ

कीएभ । रुसी फौज किएभको २५ किलोमिटर नजिक पुगेको छ ।

उत्तरतिर रहेका रुसी फौज तितर वितर भएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ । रुसले शहर घेराबन्दी गर्ने प्रयास गरिरहेको मन्त्रालयले जानकारी दिएको हो ।

युक्रेनको चेर्निहिब, खार्किभ, मारिओपोल र सुमी शहरमा पनि घेराबन्दी गरिएको र व्यापक गोलाबारी गरिएको छ।

युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन पनि जारी छ । निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भइरहेको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर