कांग्रेस सिन्धुपाल्चोकमा नेतृत्व चयनका लागि मतदान जारी – Nepal Press

कांग्रेस सिन्धुपाल्चोकमा नेतृत्व चयनका लागि मतदान जारी

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ।

जिल्ला सभापतिको लागि तीनजनाबीच तिव्र प्रतिस्पर्धा रहेको छ। सस्थापन पक्षबाट जगलाला तामाङ र डाक्टर प्रेमध्वज लामा प्रतिस्पर्धामा छन्।

त्यस्तै शेखर कोइराला समूहबाट बशलाल तामाङ प्रतिस्पर्धामा छन् । सस्थापन पक्षबाट जगलाल तामाङलाई आधिकारिक उमेदवार बनाएको छ भने प्रेमध्वज तामाङ सस्थापन पक्षबाट बागी उमेदवार भएका छन् ।

नेपाली काँग्रेस को विधान अनुसार पहिलो चरणको निर्वाचन मा ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ। ५१ प्रतिशत मत कुनै पनि उमेदवारले ल्याउन नसके दोस्रो चरणको निर्वाचनमा जानुपर्ने हुन्छ।

दोस्रो चरणमा पहिलो चरणमा प्रथम र दोस्रो हुने बीच पुन मतदान भएर नेतृत्वको फाइनल हुने छ।

निर्वाचनको माहौल हेर्दा पहिलो चरणबाटै नेतृत्व छनोट हुने सम्भावना न्युन रहेको काँग्रेस नेता कार्यकर्ताहरुले जानकारी दिएका छन् । कांग्रेस स्रोतका अनुसार दोस्रो चरणमा जानुपर्ने अवस्था आयो र प्रेमध्वज अथवा बशलाल तामाङ जो भए पनि एकले अर्कालाई सहमति गरेर जाने सहमति भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर