एमालेनिकट कर्मचारीलाई ओलीको आग्रह – सरकारलाई सहयोग गर्नुस्, ठेगान लाउने काम हाम्रो हो – Nepal Press

एमालेनिकट कर्मचारीलाई ओलीको आग्रह – सरकारलाई सहयोग गर्नुस्, ठेगान लाउने काम हाम्रो हो

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पूरै समर्थन र साथ दिएर काम गर्न निजामति कर्मचारीलाई आग्रह गरेका छन् ।

एमाले निकट निजामति कर्मचारी संगठनको महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले आफूहरु कांग्रेसले जस्तो अर्को पार्टीको सरकार हुँदा कर्मचारीलाई सहयोग नगर भनेर असहयोग गर्ने चरित्रको नभएको बताए ।

विगतमा कांग्रेसका नेताहरुले खुलेआम सरकारलाई सहयोग नगर्न कर्मचारीलाई निर्देशन दिएको र असहयोग गर भनेको दावी ओली गरे । कर्मचारीको काम सरकारलाई सहयोग गर्ने भएको भन्दै ओलीले पेशागत माग राख्नेबाहेक अरु कुरामा कर्मचारी सरकारको विपक्षमा जान नहुने बताए ।

ओलीले भने– कांग्रेसका नेताहरुले कान खोलेर सुनून् । अपोजिसन लिडरको हैसियतले म कर्मचारी साथीहरुलाई भन्दैछु, तपाईहरुले सरकारलाई असहयोग गर्न मिल्दैन । सरकारलाई साथ र सहयोग गर्नुस् । यो सरकार ठिक छ कि छैन तपाइहरुले धेरै छुट्याउने होइन । यसलाई त हामी ठिक लाइहाल्छौं नि ।

पाँचजना न्यायाधीशे मुद्दा जिताएर बनाइदिएको सरकारलाई कसरी ठेगान् लगाउने भन्ने तरिका एमालेलाई राम्रोसँग हेक्का रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर