गठबन्धनलाई ओलीको चुनौती– भागेर कहाँ जान्छौ ? जनताको अभिमतबाट स्वीपआउट गर्छौं (भिडिओ) – Nepal Press

गठबन्धनलाई ओलीको चुनौती– भागेर कहाँ जान्छौ ? जनताको अभिमतबाट स्वीपआउट गर्छौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन् ।

नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए ।

अध्यक्ष ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दावी समेत गरे । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए ।

ओलीले भने,’यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्,भागेर कहाँ जान्छौ रु चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं । परमादेशबाट एमालेलाई हटाइयो,अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो,यो भेल अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट ।’

अध्यक्ष ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको र आजै पनि वारामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितलाई प्रवेश गराउने आफू जान लागेको बताए ।

उनले वीरगन्जका मेयर पनि एमाले प्रवेश गर्न लागेको भन्दै आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने दावी गरे । ओलीले मुद्दा लडेर ल्याएको संसदले भत्ता खानेबाहेक केही काम गर्न नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *