भारतीय मिसाइल पाकिस्तानमा खस्यो, सरकारले दियो यस्तो ‘स्टेटमेन्ट’ – Nepal Press

भारतीय मिसाइल पाकिस्तानमा खस्यो, सरकारले दियो यस्तो ‘स्टेटमेन्ट’

काठमाडौं । शुक्रबार भारतीय मिसाइल पाकिस्तानको सीमा क्षेत्रमा खसेको छ ।

करिब पौने ७ बजे पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चुन्नु सहरमा नजिकै मिसाइल खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मिसलाइल पाकिस्तानी भूमिमा खसेपछि भारत सरकारले प्राविधिक गडबढीका कारण घटना भएको स्पष्टिकरण दिएको छ ।

भारत सरकारले यो घटनाको छानबिन गर्न कोर्ट अफ इन्क्वाइरीको आदेश पनि दिएको छ ।

भारतीय रक्षा मन्त्रालयले घटना खेदजनक भएको उल्लेख गर्दै कुनै मानवीय क्षति नभएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *