नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी, गृह र कानूनमन्त्रीले गरे प्रधानमन्त्रीसँग छलफल – Nepal Press

नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी, गृह र कानूनमन्त्रीले गरे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउने तयारी गरेको छ । यसै विषयमा गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार बिहान छलफल गरका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री खाणको पहलमा फागुन २३ गते र २५ गते गृह मन्त्रालयमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका सांसदसँगको छलफलबारे कुराकानी भएको थियो ।

छलफलमा राजनीतिक दलका नेताले राखेका धारणाबारे गृह र कानुनमन्त्रीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदन र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो ।

सरकारले नागरिकता विधेयक नहुँदा नागरिकता वितरणमा धेरै नै समस्या देखिएको भन्दै राजनीतिक दलबीचको सहमतिमा प्रतिनिधि सभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर