माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक बिष्टले त्यागे पार्टी – Nepal Press

माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक बिष्टले त्यागे पार्टी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

गैर सांसदलाई मन्त्री बनाएदेखि रुष्ट बनेका बिष्टले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीभित्र रुपान्तरणका लागि आवाज उठाए पनि त्यसको सुनुवाई नभएको भन्दै आफूले पार्टी त्यागेको बिष्टको भनाइ छ । उनी एमालेमा प्रवेश गर्ने ठानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर