पर्सामा मधेशवादी नेता एमाले प्रवेश गर्ने क्रम जारी, शिव पटेल लोसपा छाडेर एमालेमा – Nepal Press

पर्सामा मधेशवादी नेता एमाले प्रवेश गर्ने क्रम जारी, शिव पटेल लोसपा छाडेर एमालेमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा साबिक राजपाका महामन्त्री शिव पटेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई केही दिन अघि भेटेका पटेल शनिबार आफ्नै गाउँमा कार्यक्रम गरेर एमाले प्रवेशको घोषणा गर्दैछन् ।

पर्सा क्षेत्र नम्बर ३ बहुदरमाइ नगरपालिकाको मेयरमा ६ सय मतले पराजित भएका पटेल पछिल्लो समय लोसपामा थिए । त्यसबेला उनले २६ सय १५मत पाएर कांग्रेसका नितेन्द्र प्रसाद साह तेलीसँग मेयरमा पराजित भएका थिए ।

सो नगरपालिकामा एमालेका प्रमोद प्रसािद कुशवाहले २४०७ मत पाएका थिए । पटेलको प्रवेशसँगै अब वहदुरमाइ नगरपालिका र क्षेत्र नम्बर ३ मा एमालेको जित सहज भएको सोही क्षेत्रका नेता पूर्व सांसद राजकुमार गुप्ताले बताए ।

पटेलले एमाले प्रवेशको जानकारी दिन र आफू निकटहरुलाई एमालेमा सामेल गराउन शनिवार सोही नगरपालिकाको पिपरामा कार्यक्रम आयोजना गरेका छन् । यसअघि वीरन्ज महानगरपालिकाको मेयरमा तेस्रो भएका लोसपा नेता राजेशमान सिंह एमाले प्रवेश गरिसकेका छन् ।

समर्थकहरुसहित पार्टी प्रवेशका लागि चैत ८ गते वीरगन्जमा वृहत आमसभा आयोजना गरिएको एमालेका नगर कमिटी उपाध्यक्ष महेस दासले बताए ।

यसैबीच वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी पनि एमाले प्रवेशका लागि नेताहरुसँग छलफलमा छन् ।

त्यसअघि जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियासहितका नेताहरु पनि एमाले प्रवेश गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर