७७ वटै जिल्ला पुगे कांग्रेसका केन्द्रीय नेता, चुनावी अभियान हाँक्न को कहाँ ? (सूचीसहित) – Nepal Press

७७ वटै जिल्ला पुगे कांग्रेसका केन्द्रीय नेता, चुनावी अभियान हाँक्न को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियान आइतबारदेखि सुरु गर्दैछ ।

७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा हुने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि कांग्रेसका केन्द्रीय नेताहरु धमाधम जिल्ला पुगेका छन् ।

कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई अभियानको प्रतिनिधिका रुपमा खटाएको छ । केन्द्रीय प्रतिनिधिहरुलाई अभियानको उद्घाटनभन्दा २ दिनअघि नै सम्बन्धित जिल्लामा पुग्न कांग्रेसले निर्देशन दिएको थियो । सोही अनुसार प्रतिनिधिहरु खटाइएको जिल्लामा पुगेका छन् ।

अधिकांश जिल्लामा केन्द्रीय प्रतिनिधिहरुले जिल्ला कार्यसमितिको बैठकमा सहभागिता समेत जनाइसकेका छन् ।

कांग्रेसको १ महिने अभियान अन्तर्गत मुख्यतः वडा र टोल केन्द्रीत कार्यक्रमहरु हुँदैछन् । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरु सम्बन्धित जिल्लामा रहेका सबै पालिकामा पुग्नैपर्ने सर्कुलर कांग्रेसले जारी गरेको छ ।

अभियान अन्तर्गत टोल समितिहरुको गठन, प्रशिक्षण, नयाँ मतदातालाई तालिम, पार्टीको नेतृत्वमा भएका कामहरुको प्रचार तथा नेकपा नेतृत्वको अघिल्लो सरकारका कामहरुको भण्डाफोर गरिने कांग्रेसले जनाएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा पर्वत पुगेकी कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले अभियान घोषणा लगत्तै कांग्रेसको तल्लो तहसम्म उत्साहको सञ्चार भएको बताइन् । ‘पर्वत आइपुग्दा यहाँका साथीहरु निकै उत्साहित पाएको छु । पार्टीले दिएको जिम्मेवारी अनुसार सबै कार्यक्रमहरु गर्छौ । १ महिने अभियानले कांग्रेसलाई नयाँ ऊर्जा दिने संकेत पाइसकेको छु’, गौतमले नेपाल प्रेससँग भने ।

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केन्द्रीय प्रतिनिधिका रुपमा मुस्ताङ पुगेका छन् । अभियानले हिमाली जिल्लाहरुमा कांग्रेसको पुरानो साख फर्काउन मद्दत गर्ने शिवाकोटीको भनाई छ ।

अभियानका लागि सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा केन्द्रीय सदस्य मधु आचार्य, उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा केन्द्रीय सदस्य मानबहादुर नेपाली, उपसभापति धनराज गुरुङको गृहजिल्ला स्याङ्जामा केन्द्रीय सदस्य प्रदीप पौडेल, महामन्त्री विश्वप्रकाश शर्माको गृहजिल्ला झापामा केन्द्रीय सदस्य उमेशजंग रायामाझी खटिएका छन् ।

काठमाडौंमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, भक्तपुरमा केन्द्रीय सदस्य जितजंग बस्नेत र ललितपुरमा केन्द्रीय सदस्य अम्बिका बस्नेत प्रतिनिधिका रुपमा खटाइएका छन् । ७७ वटै जिल्लामा खटाइएका कांग्रेस नेताहरुको सूची–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर