जाल्पा र राष्ट्र उत्थानको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ? – Nepal Press

जाल्पा र राष्ट्र उत्थानको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । यसै महिना सर्वसाधारणलाई साधारण सेयर बाँढेका जाल्पा लघुवित्त र राष्ट्र  उत्थान लघुवित्त नेप्सेमा सूचीकृत भएका छन् ।

अब आइतबारदेखि उनीहरुको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । जाल्पाको १६ सय कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

उसले एक सय ६४.६ रुपैयादेखि ४ सय ९३.८ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ । जाल्पाले करिब ३३ प्रतिशत अर्थात ५ लाख २२ हजार कित्ता सेयर सर्वसाधारणलाई एक सय रुपैयाँका दरले विक्री गरेको हो ।

यता राष्ट्र उत्थानको २६ लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । उसले करिब ३३ प्रतिशत अर्थात ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई एक सय रुपैयाँका दरले विक्री गरेको हो । राष्ट्र उत्थानले एक सय ६७.४३.६२ रुपैयाँदेखि ५ सय २.२९ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर