बैकिङ कसुरमा फरार रहेकी शान्ता कोइराला पक्राउ – Nepal Press

बैकिङ कसुरमा फरार रहेकी शान्ता कोइराला पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार एक जनालाई सितापाईलाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक गाउँपालिका ३ स्थायी ठेगाना भएकी हाल रामकोट बस्ने ३६ वर्षीया शान्ता कोइराला दवाडी हुन् ।

उनलाई उच्च अदालत पाटन ललितपुरले २०७८ माघ २१ गते ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएपछि फरार भएकी थिइन् ।

उनलाई फैसला कार्यान्वयनको लागि आज काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *