कोभिडविरुद्धको खोप सबै देशमा उपलब्ध हुनुपर्छ : राष्ट्रसंघ – Nepal Press

कोभिडविरुद्धको खोप सबै देशमा उपलब्ध हुनुपर्छ : राष्ट्रसंघ

न्यूयोर्क । संयुक्त राष्ट्रसंघले कोभिड–१९ को रोकथामका लागि कोभिडविरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बिहीबारको बैठकले सो कुरामा जोड दिएको हो ।

परिषदमा आयोजित अर्को एक अन्तरक्रिया कार्यक्रममा कोभिडकाविरुद्धमा हाल उपलब्ध रही आएको यो खोप विश्वका सबै देशमा उत्तिकै रुपमा पहुँचयोग्य र उपलब्ध हुनुपर्नेमा जोड दिइएको हो ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदका प्रमुख माइकल ब्याकलेटले भने– यो खोप सबै नागरिकले प्राप्त गर्न पाउने अधिकारबाट कोही पनि बञ्चित हुनुहुदैन । सबै नागरिकलाई कोभिडको खोप उत्तिकै उपलब्ध हुनुपर्ने आवश्यकता छ ।

कोभिडको नियन्त्रण र व्यवस्थापनमा विश्वका सरकारहरुका प्रयासका बारेमा पनि सो बैठकमा छलफल भएको थियो । विश्वका सरकारहरुले यसका लागि संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी रहेको बताइएको थियो ।

हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाउनु जरुरी रहेको पनि सो बैठकमा बताइएको थियो ।

कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियानकर्मी, सेवाकर्मीले अनवरतरूपमा दुवै चरणको संक्रणमा आफ्ना तर्फबाट सेवा पुर्‍याएको सो अवसरमा बताइएको थियो । यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी रहेको उल्लेख गर्दै रोकथाममा संलग्नहरूको स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुनसमेत सो बैठकले विश्वका देशहरुलाई आग्रह गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर