एमसीसीको ग्लोबल टेण्डरमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह (भिडिओ) – Nepal Press

एमसीसीको ग्लोबल टेण्डरमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित भइसकेपछि अब यस अन्तर्गत हुने पुर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेको बताए । देउवाले नेपालका निर्माण व्यवसायीले पनि यसमा भाग लिन आग्रह गरे ।

देउवाले भने- एमसीसीमा ग्लोबल बिडिङ हुन्छ,नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुस,सफल हुनुस् । म सबैभन्दा बढी खुसी हुनेछ । अन्तर्राष्टिय बिडिङ हुन्छ,यसमा संसारका जो पनि आउन सक्छ ,चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरुहरु पनि धेरैभन्दा धेरै सहभागी हुनुस् ।

देउवाले निर्माण व्यवसायीलाई सहुलियतका लागि सरकारले सार्वजनिक खरिद लगायतका निमावली संशोधन गरेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर