ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर – Nepal Press

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच बीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र ९लेटर अफ क्रेडिट०, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा कामना सेवा विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यसैगरी ‘प्रगतिको आधार कामना सेवा संग कारोबार’,भन्ने नाराका साथ सन् २०१७ मा स्थापित कामना सेवा विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १२९ वटा शाखा कार्यलय, १ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रवाह गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर