प्रचण्डको दावी- देश माओवादीकै इसारामा चलिरहेको छ, चुनावमा पनि गठबन्धन कायमै हुन्छ – Nepal Press

प्रचण्डको दावी- देश माओवादीकै इसारामा चलिरहेको छ, चुनावमा पनि गठबन्धन कायमै हुन्छ

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश अहिले पनि माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दावी गरेका छन् ।

पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णयक भूमिकामा आफू नै नरहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावपछिसम्म कायमै राख्ने प्रयास आफूले गरिरहेको भन्दै कम्तिमा स्थानीय चुनावमा गठबन्धन भएरै चुनाव लड्ने सुनिश्चितता रहेको समेत दावी गरे ।

तीनै तहका चुनावमा गठबन्धन गरेर त्यसपछिका सरकारमा पनि माओवादी नै निर्णायक हुने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर