सर्वोच्च प्रशासनमा कामु प्रधानन्यायाधीश आतंक, हड्तालमा नसघाउने कर्मचारीको राजीनामा माग्दै पँजनी – Nepal Press

सर्वोच्च प्रशासनमा कामु प्रधानन्यायाधीश आतंक, हड्तालमा नसघाउने कर्मचारीको राजीनामा माग्दै पँजनी

काठमाडौं । चोलेन्द्र शमसेर जबराविरुद्ध न्यायाधीश र नेपाल बार नेतृत्वमा हड्ताल गराएर सत्ता गठबन्धनलाई महाअभियोग प्रस्तावका लागि वातावरण बनाएर कामु प्रधान न्यायाधीश बन्न सफल भएका दिपक कार्कीले सर्वोच्च अदालतमा आतंक मच्चाउन थालेको भन्दै कर्मचारी संगठनहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

कामु प्रधान न्यायाधीश कार्कीले हड्तालमा खुलेर सहयोग नगरेका कर्मचारीमाथि प्रतिशोधन साँध्न थालेपछि सर्वोच्च प्रशासनमा आतंक मच्चिएको छ । कामु प्रधान न्यायाधीश भए लगत्तै उनले मुद्दा शाखाका प्रमुख तथा प्रवक्ता बाबुराम दाहाललाई सरुवा गरेर कर्मचारीमाथिको पजनी सुरु गरेका थिए ।

त्यसलगत्तै सर्वोच्च प्रशासनको प्रमुख व्यक्ति मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार नारायण प्रसाद पन्थीसँग राजीनामा मागेको स्रोतले जनाएको छ । कुँवरपछिको वरियताका पन्थीले राजीनामा दिन नमानेपछि कार्कीले आजै न्याय सेवा आयोगको बैठक बोलाएर उनलाई सर्वोच्चबाट सरुवाको तयारी गरेका छन् ।

मुख्य रजिष्टार कुँवरसँग पनि कार्कीले राजीनामा मागेका थिए । राजीनामा नदिएपछि उनलाई प्रतिशोधपूर्ण ढंगले उच्च अदालतको न्यायाधीश बनाएर सर्वोच्चबाट धपाएका छन् । जबकी मुख्य रजिष्टार मुख्य न्यायाधीश बन्ने प्रचलन छ । कार्कीको सो निर्णय अश्वीकार गर्दै मुख्य रजिष्टारकै जिम्मेवारीमा यथावत रहन कर्मचारीहरुले कुँवरलाई दबाब दिएका छन् ।

न्यायपरिषदको बैठकले गरेको निर्णयप्रति कुँवरले असहमति जनाएका छन् । उनी सर्वोच्चको मुख्य रजिष्टारकै रुपमा हाजिर गर्न गए भने कर्मचारी संघ संगठनले उनको पक्षमा उभिने र कामु प्रधान न्यायाधीश कार्कीको आतंकविरुद्ध पेन डाउनसम्मका कार्यक्रम राख्नेबारे छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर