प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने, जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सहमति – Nepal Press
मन्त्रिषरिषद् बैठक

प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने, जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सहमति

५० वर्ष माथिका नागरिकको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परिक्षण गरिने

काठमाडौं । प्रधानमन्त्रीसहित सरकारमा सहभागी सबै मन्त्रीले अंग दान गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिर्गौला दिवसको अवसरमा सबै मन्त्रीले अंग दान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपाल प्रेसलाई जानकारी दिए ।

बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउनका लागि सैशान्तिक सहमति दिने निर्णय पनि गरेको छ । बैठकले ५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने, जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सहमति

  1. भएका अस्पतालमा डाक्टर, ओैषधी नभएर जनताले सेवा पाएका छैनन । प्रचारकाे लागि लुटेराहरू शिक्षक अस्पताल, जेष्ठ नागरिक अस्पताल रे । अब महिला अस्पताल, पुरूष अस्पताल बनाउ । अझ प्रचण्ड त नेवार अस्पताल, राई अस्पताल, मगर अस्पताल बनाउछ । काम नगर्ने र लुटन पल्केकाहरू लुटबाट जनताकाे ध्यान माेडन अनेक हल्ला गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर