१७ वटा गैरकानुनी काम गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी – Nepal Press

१७ वटा गैरकानुनी काम गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानूनी ठगी गरिरहेको भन्दै यस्ता खालका १७ वटा गैरकानुनी कार्य गर्नेमाथी कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाई समेतलाई सचेत गराउन आग्रह गरेका हो ।

ठगीका यस्ता गतिविधि भएको सूचना प्राप्त भएमा जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाइमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर