अब विदेशबाट नेपाल आउँदा पिसिआर रिपोर्ट नचाहिने, यस्तो छ नयाँ नियम – Nepal Press

अब विदेशबाट नेपाल आउँदा पिसिआर रिपोर्ट नचाहिने, यस्तो छ नयाँ नियम

काठमाडौं । अब विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो । उक्त निर्णय कार्यान्वयनका लागि सरोकारवाला मन्त्रालयलाई पठाइएको छ । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रु निर्वाध नेपाल आउन पाउने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा. टाेकराज पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

लामिछानेका अनुसार नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले पछिल्लो ७२ घण्टाभित्रको कोरोना परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश गर्न पाउनेछन् ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको हकमा भने गन्तब्य मुलुकको कोभिड-१९ स्वास्थ्य मापदण्ड सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनुपर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयलाइ दिइएकाे छ ।

मन्त्रालयका प्रवक्ता पाण्डेका अनुसार सरकारले यस्तो निर्णय गरेसँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय तथा मापदण्ड खारेज भएका छन् । नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ ।

यस सम्बन्धी एक सूचना बिहिबार नै अध्यागमन विभागले पनि जारी गरिसकेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर