बिग्रँदो अर्थतन्त्रप्रति नेकपा एसको चिन्ता, सुधारका लागि आग्रह (प्रस्तावसहित) – Nepal Press

बिग्रँदो अर्थतन्त्रप्रति नेकपा एसको चिन्ता, सुधारका लागि आग्रह (प्रस्तावसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समग्र सूचकले अर्थतन्त्र समस्याग्रस्त देखाएको भन्दै चिन्ता जनाएको छ । दुईदिनदेखि जारी केन्द्रीय समिति बैठकपछि १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै संकटग्रस्त अर्थतन्त्र सुधारका लागि लाग्नुपर्नेमा जोड दिएको हो ।

‘आर्थिक सूचकहरूले नेपालको अर्थतन्त्र समस्याग्रस्त देखाएको छ,’ प्रस्तावमा भनिएको छ, ‘ चालु आर्थिक वर्षको पहिलो छ महिनामा, आयात रु ९९९ अर्ब र निर्यात रु ११८ अर्बको मात्र देखिएको छ । विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । सरकारको पुँजीगत खर्च लक्ष्यभन्दा ज्यादै न्यून छ । महंगीले जनता आक्रान्त छन् । आयातमुखी र उपभोक्तावादी प्रवृत्तिले आर्थिक सामाजिक जीवन संकटग्रस्त बन्दै गएको छ । राष्ट्रिय महत्वको आयोजना लगायत अधिकांश आयोजनाहरु समयमा सम्पन्न हुन सकिरहेका छैनन् । निजी क्षेत्रको लगानी पनि वृद्धि हुन सकेको छैन । त्यसमाथि कोभिड १९ ले उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर समस्याहरू थपेको छ । आर्थिक असमानता, गरीबी र बेरोजगारी व्याप्त छ । अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हाबी रहेको छ ।’

प्रस्तावमा थप भनिएको छ, ‘मुलुकको यस अवस्थाप्रति संवेदनशील हुँदै यो बैठक सरकारलाई आम आर्थिक सुधार र विकाससम्बन्धी ठोस कार्यक्रम र नीति तर्जुमा गर्न आह्वान गर्छ।’

यस्ता छन्- प्रस्तावहरू:


प्रतिक्रिया

One thought on “बिग्रँदो अर्थतन्त्रप्रति नेकपा एसको चिन्ता, सुधारका लागि आग्रह (प्रस्तावसहित)

  1. तिमीहरूकै भ्रष्ट मन्त्रीले गर्दा यस्ताे भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर