नेपालमा पर्यटकबाहेकका भिसा लिन विदेशीलाई दूतावासको सिफारिस अनिवार्य – Nepal Press

नेपालमा पर्यटकबाहेकका भिसा लिन विदेशीलाई दूतावासको सिफारिस अनिवार्य

काठमाडौं । विदेशी नागरिकले पर्यटकबाहेकका भिसा लिन र परिवर्तन गर्न सम्बन्धित देशको नेपालस्थित दूतावासको सिफारिस अनिवार्य गरिएको छ ।

गृहमन्त्रालयका सचिव टेक नारायण पाण्डे संयोजकत्वको समितिले उक्त निर्णय गरेको हो । समितिको फागुन १३ गतेको बैठकले निर्णय गरे पनि अध्यागमन विभागले सोबारे बुधबार सार्वजनिक जानकारी गराएको छ ।

विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ बमोजिम गठित समितिले पर्यटकबाहेकका भिसा पहिलोपटक लिनेले र भिसा परिवर्तन गर्न चाहने विदेशीले आफ्नो देशको नेपालस्थित दूतावासबाट सिफारिस लिनुपर्ने भएको हो ।

नेपालमा अधिकांश विदेशीहरू पर्यटक भिसामा आउने गरेका छन् । नेपालमा आइसकेपछि भिसा परिवर्तन गर्ने गरेको पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *