पोखरिया नगरपालिकाका मेयर रौनियार नेपाली कांग्रेसमा प्रवेश – Nepal Press

पोखरिया नगरपालिकाका मेयर रौनियार नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार विहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा रौनियारलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

रौनियार पोखरिया नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलको उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर