आयोगको प्रष्टिकरण- स्वस्तिक छापको मसी र चुनाव चिन्हको रङ एउटै नहोस् भनेर हरियो मतपत्र – Nepal Press

आयोगको प्रष्टिकरण- स्वस्तिक छापको मसी र चुनाव चिन्हको रङ एउटै नहोस् भनेर हरियो मतपत्र

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र राख्नुको कारण मतगणनामा सजिलो होस् भन्ने उद्देश्यबाहेक अरु कुनै नरहेको प्रष्ट पारेको छ ।

आयोगले विहीबार पत्रकार सम्मेलन गरी यदि कसैलाई आयोगको निर्णयप्रति शंका लागेमा त्यसबारे प्रष्ट पार्न आयोग तत्पर रहेको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७४ सालको चुनावमा निलो रङको मतपत्र प्रयोग भएको र स्वस्तिक छापमा प्रयोग हुने मसी पनि निलो नै भएकाले मतगणनामा अप्ठेरो परेकाले यसपटक फरक रङको मतपत्र प्रयोग गर्न खोजिएको बताए ।

निर्वाचन आयोगले हरियो रङको मतपत्र प्रयोग गरेर मतदातालाई झुक्याउन खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएपछि आयोगको यस्तो जवाफ आएको हो ।

प्रवक्ता पौडेलले भने, ‘२०७४ को मतपत्रमा भएका विवरण र निर्वाचन चिन्ह निलो रंगको थियो, स्वस्तिक छापमा प्रयोग गर्ने मसीको रङ पनि निलो नै छ । चिन्ह र स्वस्तिक छाप एउटै हुँदा गणनामा अप्ठेरो परेको भन्ने फिल्डमा खटिएका कर्मचारीको भनाइका आधारमा फरक व्यवस्था गर्न लागिएको हो । अरु कुनै उद्देश्य होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर