मोरङ हत्याकाण्ड: आरोपी सबै कारागार चलान गर्ने आदेश – Nepal Press

मोरङ हत्याकाण्ड: आरोपी सबै कारागार चलान गर्ने आदेश

काठमाडौं । तीन जनालाई मारेर गाडिएको घटनाका सबै ५ आरोपीलाई अदालतले मुद्दा पुर्पक्षका लागि कारागार चलाउन गर्ने आदेश गरेको छ। तीमध्ये एक जना नाबालिग भएका कारण सुधार गृह पठाइएको छ। मोरङ जिल्ला अदालतले थुनछेकको बहसपछि बुधबार उक्त आदेश गरेको हो। मोरङमा २ र ललितपुरमा एक जनालाई मारेर गाडिएको अवस्थामा शव फेला परेको थियो।

मोरङको धनपालन गाउँपालिका-७ उखुबारीमा सुनसरीको धरान स्थायी घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ गाउँपालिका स्थायी घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको शव फेला परेको थियो।

ललितपुरको गोदावारी नगरपालिका-१२ थेचोस्थित एक घरको आडैमा गाडिएको अवस्थामा ६३ वर्षीय मोहनकुमार लिम्बुको शव फेला परेको थियो। तीनै जना व्यावशायीक साझेदार हुन्। प्रहरीले सिरहाको सिराहा नगरपालिका-२१ स्थायी घर भई काठमाडौंको बल्खुमा बस्दै आएका ३२ वर्षीय अनिलकुमार मण्डलको योजनामा तीनै जनाको हत्या भएको निस्कर्ष निकालेको थियो।

प्रहरीका अनुसार सुरुमा लिम्बुको हत्या गरिएको थियो भने त्यसपछि चौधरी र श्रेष्ठलाई मोरङ पुर्‍याएर हत्या भएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले मन्डलसहित मोरङको जहदा गाउँपालिका–४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई पनि पक्राउ गरेको थियो।

व्यावसायिक कामको सिलसिलामा मोटो रकमको कमिसन एक्लै हत्याउन मण्डल उनीहरुको हत्या योजना बनाएको प्रहरीको दावी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर