नेकपा एसको बैठकमा रिपोर्टिङ- सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सामेल नगरौं – Nepal Press

नेकपा एसको बैठकमा रिपोर्टिङ- सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सामेल नगरौं

'गठबन्धनको भावनाअनुसार कर्मचारी पठाउनु पर्‍यो, सरकारमा भएको अनुभूति हुनुपर्‍यो'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरूले नेपाली कांग्रेसलाई सुदूरपश्चिम सरकारमा समेट्न नहुने सुझाव दिएका छन् । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा सुदूरपश्चिम क्षेत्रका नेताहरूले त्यहाँ आफ्नो पार्टीलाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् ।

‘सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,’ सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भने, ‘त्यहाँ माओवादी र हाम्रो पूर्णबहुमत छ । कांग्रेसलाई बलियो बनाउने कि हामीलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौं । उसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यसकारण कांग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउने गरी ध्यान जानुपर्‍यो ।’

कुँवरले गठबन्धनको भावानाअनुसार प्रदेश र जिल्ला तहमा प्रशासनिक प्रमुखहरू सरुवा नभएको समेत गुनासो गरे।

‘सीडीओको सरुवा गरेका छन्, एसपी, डीएसीको सरुवा गरेका छन्,’ उनको भनाइ छ, ‘हामीले आफ्नो अनुकूलका कर्मचारी प्रदेश र पालिकामा लान सकेका छैनौं । गठबन्धन हो भने त्यही अनुसारले जानुपर्छ । सरकारमा सहभागी छौं भन्ने अनुभूति तलबाट हुनुपर्‍यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर