‘दुई नम्बरी’बाट हटाइए पल शाह, अनमोल, सौगात र धिरजमध्ये एकको सम्भावना – Nepal Press

‘दुई नम्बरी’बाट हटाइए पल शाह, अनमोल, सौगात र धिरजमध्ये एकको सम्भावना

काठमाडौं । जबरजस्ति करणीको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले पहिलो चलचित्र गुमाएका छन् । आगामी महिनाबाट सुटिङ हुने तयारी गरिएको चलचित्र ‘दुई नम्बरी’ बाट उनी हटाइएका हुन् ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले पललाई चलचित्रबाट हटाइएको पुष्टि गरे । उनले नेपाल प्रेससँग भने, ‘नैतिक पतनमा आरोपित भइसकेपछि उहाँलाई निरन्तरता दिने कुरै आउँदैन । यदि सफाई पाएर फर्किनुभयो भने पनि हामी उहाँलाई राख्दैनौं ।’

अहिले पलको स्थानमा कसलाई राख्ने भनेर निर्माण टिमबीच छलफल भइरहेको छ । नायक अनमोल केसी, सौगात मल्ल र धिरज मगरमध्ये एकको सम्भावना रहेको नेपालीले जानकारी दिए ।

यस चलचित्रमा दयाहाङ राई र वर्षा राउतको मुख्य जोडी छ । अर्को जोडीका रुपमा पल शाह र भुटानी नायिका उगेन छोदेन छनोट भएका थिए । पललाई हटाइएपछि अब उगेनले नयाँ जोडी पाउने छिन् । चलचित्रको सुटिङ आउँदो चैतको पहिलो साताबाट हुने भएको छ ।


प्रतिक्रिया

One thought on “‘दुई नम्बरी’बाट हटाइए पल शाह, अनमोल, सौगात र धिरजमध्ये एकको सम्भावना

  1. सस्तो लोकपृयताका लागि यस्ता न्यूज के लेख्छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *