संखुवासभामा बस दुर्घटना: मृतकको संख्या १४ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै (अपडेट) – Nepal Press

संखुवासभामा बस दुर्घटना: मृतकको संख्या १४ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै (अपडेट)

काठमाडौं । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस  मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तिमा बस दुर्घटना भएको हो ।

बस दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले पुष्टि गरे ।

उनले नेपालप्रेससँग भने,‘अहिलेसम्म १४ जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ ।  म पनि घटनास्थल जादैछु।  सशस्त्र प्रहरी र प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ।’ बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको  थियाे ।

घाइते ५ जनाको उद्धार गरी थप उपचारको लागि हेलिकप्टरबाट धरान लैजान लागेको उनले बताए । उनका अनुसार मृतकको अझै पहिचान खुल्न सकेको छैन ।
बसमा कति जना थिए भन्ने खुलिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर