फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता – Nepal Press

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं। नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको हो।

भेटमा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।

भेटमा उनले अहिलेको विश्वको साझा चुनौती भनेको कोरोना महामारी र जलवायु परिवर्तन रहेको बताउँदै त्यसको सबै मिलेर सामना गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रिटनले आफूहरुको नेपाल भ्रमणका क्रममा गरेको आथित्यता र सम्मानप्रति आभार व्यक्त गर्दै दुई देशबीच सहयोग आदान–प्रदानका लागि पहल गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर