राणा र बस्नेतविरुद्धका घृणायुक्त अभिव्यक्ति र बहिष्कार आह्वानप्रति पत्रकार महासंघको आपत्ति – Nepal Press

राणा र बस्नेतविरुद्धका घृणायुक्त अभिव्यक्ति र बहिष्कार आह्वानप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारिका समूहका संस्थापकसमेत रहेका वरिष्ठ पत्रकार बबिता बस्नेत र बन्दना राणाविरुद्ध सामाजिक सञ्जालमा केही महिला अभियन्तासहितले दिएको अभिव्यक्तिको निन्दा गरेको छ ।

सामाजिक सञ्जालमा घृणा फैलाउन सक्रिय व्यक्तिहरूले धम्कीपूर्ण चेतावनीसहितसहित राणा र बस्नेतलाई सामाजिक बहिष्कार गर्न तथा राष्ट्रसंघीय प्रतिनिधित्वबाट राणालाई हटाउन माग गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए ।

महासंघले वरिष्ठ पत्रकार तथा सम्पादकीय नेतृत्वमा रहेका बस्नेत र राणा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर र प्रेस स्वतन्त्रताका अभियन्ता रहेको भन्दै उनीहरूले राखेको विचारका कारण हतोत्साहित गर्ने र बहिष्कर गर्ने जस्ता अभियान चलाइनु लोकतान्त्रिक समाजमा नसुहाउँने भनेको छ ।
महासचिव रोशन पुरीले विज्ञप्ति जारी गदै कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता भएको जनाएका छन् ।

बस्नेत र राणाविरुद्ध घृणायुक्त वक्तव्य जारी गर्नेमा विशेषगरी ट्वीटरमा सक्रिय महिलावादीहरू नै छन् । उनीहरूले महिला दिवसकै अवसर पारेर बस्नेत र राणालाई सामाजिक बहिष्कार गर्न अपिल गरेका थिए ।

यस्तो थियो अपिल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर