३० अंकले घट्यो सेयर बजार – Nepal Press

३० अंकले घट्यो सेयर बजार

काठमाडौँ । आज सेयर बजार ३०.२९ अंकले घटेको छ । १२ दिनदेखि निरन्तर घटिरहेको बजार गत सोमबार १.५५ अंकले वृद्धि भएको थियो भने आज १.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५१४ अंकमा झरेको छ ।

आज २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खदिदबिक्री भएको छ । २ सय २९ वटा कम्पनीका ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार भएको छ । सो कम्पनीको १० करोड ५२ लाख २१ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको हो भने सबैभन्दा धेरै सेयर मूल्य माउन्टेन इनर्जी नेपाल लिमिटेडको वृद्धि भएको छ । सो कम्पनीको ८।१० प्रतिशत सेयर मूल्य वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर