फ्रान्सका संसदीय मैत्री समूहका अध्यक्ष र सभामुखबीच भेटवार्ता – Nepal Press

फ्रान्सका संसदीय मैत्री समूहका अध्यक्ष र सभामुखबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र फ्रान्स-नेपाल संसदीय मैैंत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष रिटनले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरु अझै सक्रियताका साथ लागिपर्ने बताएका थिए । भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरुबारे पनि छलफल गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर