दुई वडाध्यक्षसहित रंगेलीका मेयर र उपमेयर माओवादी छाडेर एमालेमा प्रवेश – Nepal Press

दुई वडाध्यक्षसहित रंगेलीका मेयर र उपमेयर माओवादी छाडेर एमालेमा प्रवेश

काठमाडौं । मोरङको प्राचीन शहर तथा पूर्वराजधानी रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजना बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन् ।

रंगेलीमा आयोजित विशाल समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर, उपमेयर र दुईजना वडाध्यक्षसहित करिब ५ हजारजनालाई पार्टी प्रवेश गराएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल समेत छन् । उनीहरू पनि माओवादीबाटै निर्वाचित भएका थिए ।

रंगेलीका ९ मध्ये तीन वडाध्यक्ष र मेयर उपमेयर जितेको माओवादीका अब एक वडाध्यक्षमात्र पार्टीमा रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माओवादीको सानो हिस्सामात्र प्रचण्डसँग रहेको भन्दै नेकपा एकताको निरन्तरताका रूपमा एमालेमै मूलधार रहेको बताए ।


प्रतिक्रिया

One thought on “दुई वडाध्यक्षसहित रंगेलीका मेयर र उपमेयर माओवादी छाडेर एमालेमा प्रवेश

  1. प्रचण्डको नेतृत्वमा अब नेपालमा केही हुन्न भन्ने एक उदाहरण हो यो रोल्पाका माओवादी केन्द्रका कमरेडहरुले कहिले बुझ्ने हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर