फ्रान्सेली प्रतिनिधिसभाका सदस्यहरूले प्रधानमन्त्री देउवासँग गरे शिष्टाचार भेट – Nepal Press

फ्रान्सेली प्रतिनिधिसभाका सदस्यहरूले प्रधानमन्त्री देउवासँग गरे शिष्टाचार भेट

काठमाडौं । फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।

उक्त भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल-फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।

फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो ।

उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् ।

नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर