एमसीसीबारे आपत्तिजनक कुरा फेसबुकमा लेख्ने नेतालाई स्पष्टिकरण सोध्ने माधव नेपालको चेतावनी – Nepal Press

एमसीसीबारे आपत्तिजनक कुरा फेसबुकमा लेख्ने नेतालाई स्पष्टिकरण सोध्ने माधव नेपालको चेतावनी

‘एमसीसी पारित नगरे केपी ओलीले हाम्रो पार्टीको वैधानिकता सिध्याउने षड्यन्त्र गरिसकेका थिए’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् ।

बुधबार सुरु भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले कुनै पनि नेताको नाम नलिइ गल्ती स्वीकार नगरे स्पष्टिकरण सोधिने बताए ।

नेपालले भने, ‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टिकरण सोध्नुपर्ने नहोस् । ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।

यसअघि पोलिटब्यूरो बैठकमा पनि अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालको आलोचना गरेका थिए ।

एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको नेपालले बैठकमा बताए ।

केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भए पनि पारित गरेर गठबन्धन जोगाइएको नेपालले बैठकमा बताए । अध्यक्ष नेपालले आगामी निर्वाचनमा अरु दलसँग तालमेल गरेर एमालेलाई पराजित गर्ने बताए ।


प्रतिक्रिया

One thought on “एमसीसीबारे आपत्तिजनक कुरा फेसबुकमा लेख्ने नेतालाई स्पष्टिकरण सोध्ने माधव नेपालको चेतावनी

  1. अालु काे संसाेधन । खल्ति मा राख्न संसाेधन त हाे । अमेरिका संग बसेर संसाेधन गरेकाे भ पाे बखान गर्नु मुख जाेगाउन लाज पचाउन गरेकाे एकाेहाेराे संसाेधन काे के अर्थ । कुर्सि संसाेधन हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर