एमाले केपी ओलीको कब्जामा गइसकेपछि विद्रोह गर्नुपरेको हो : माधव नेपाल (भिडिओ) – Nepal Press

एमाले केपी ओलीको कब्जामा गइसकेपछि विद्रोह गर्नुपरेको हो : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको बताएका छन् ।

बुधबारबाट सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको बताए ।

नेपालले भने, ‘हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्यो । उनको कब्जामा पुगिसकेको पार्टीमा रहिरहने अवस्था बनेन । हामीले कि त केपी ओलीको आदेश पालक बन्नुपर्थ्यो कि विद्रोह । त्यसैले हामीले दक्षिणपन्थी अवसरवादी बाटो अस्वीकार गरेको हो ।’

विद्रोहको सुरूआत २०७७ चेत ४ र ५ गते राष्ट्रिय भेलाबाटै भएको उनले बताए ।


प्रतिक्रिया

One thought on “एमाले केपी ओलीको कब्जामा गइसकेपछि विद्रोह गर्नुपरेको हो : माधव नेपाल (भिडिओ)

  1. यहि भनाइबाट प्रस्ट हुन्छ, माकुने राजनीतिमा कत्ति सुहाउने र उपयुक्त पत्र हो भनेर !!! यिनैको बोलवाला भएको अहिलेको राजनीति कत्ति सुद्द छ वा हुन सक्छ त !! जस्तो नेता उस्तै राजनीति त्येस्तै परिस्थिति !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर