धनुषा कांग्रेस निर्वाचन दोस्रो चरणमा प्रवेश, आउट भएका प्रसैला निर्णायक – Nepal Press

धनुषा कांग्रेस निर्वाचन दोस्रो चरणमा प्रवेश, आउट भएका प्रसैला निर्णायक

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि भएको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ ।

तीन उम्मेदवारमध्ये पहिलो चरणको मतदानमा कसैले ५० प्रतिशत बढी मत नल्याएपछि दोस्रो चरणको मतदान तय गरिएको हो । दोस्रो चरणको मतदान बिहीबार बिहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा कांग्रेस नेता बिमलेन्द्र निधी समूहका योगेन्द्र पजियारले सर्वाधिक १ हजार २४८ मत ल्याएका छन् । संस्थापन पक्षका सन्तोषकुमार यादवले ८८३ र शेखर कोइराला समूहका दिनेशप्रसाद यादव प्रसैलाले ६३० मत ल्याएका हुन् ।

कुल ३ हजार ५० मतदाता रहेकामा २ हजार ९१२ मत खसेको थियो । जसमध्ये १५१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

अब दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ । प्रसैला प्रतिस्पर्धाबाट बाहिरिए पनि निर्णायक बनेका छन् । उनले जसलाई समर्थन गर्छन्, उही उम्मेदवार जित्ने स्थिति बनेको छ । तर उनले अहिले कुनै निर्णय लिएका छैनन् ।

यादवलाई सघाउने कि पजियारलाई भन्ने विषयमा अहिले निर्णय नलिएको प्रसैलाले बताए । छलफल पश्चात निर्णय लिने र सो विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर