श्रीमानले चक्कु प्रहार गर्दा श्रीमति घाइते – Nepal Press

श्रीमानले चक्कु प्रहार गर्दा श्रीमति घाइते

सुर्खेत । महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक गृहिणी माथि उनका श्रीमानले चक्कू प्रहार गरी सख्त घाइते बनाएका छन् । नारायण नगरपालिका-११ की २४ वर्षीया सावित्रा शाही माथि २७ वर्षीय उनको श्रीमानले बखतबहादुर शाहीले चक्कू प्रहार गरेका हुन् ।

घरमा बारम्बार कुटपिट र द्रुव्यवहार हुन थालेपछि गएको पुस २९ गतेदेखि नौमूले गाउँपालिका-८ चौराठास्थित माइतीघरमा बस्तै आएकी उनलाइ सोमबार साँझ माइतीघर पुगेर उनको श्रीमानले भान्साबाट झिकेको चक्कू प्रहार गरेको प्रहरीले जनाएको छ ।

सावित्रा माथि चक्कू प्रहार भए लगतै जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाई १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कू उनले चक्कु प्रहार गरि घाइते बनाएका छन् । उनिहरुको गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि अहिले उपचारको लागि दैलेख अस्पताल पुर्‍याइएको छ । तीनै जनाको उपचार भैरहेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए ।

पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’ सम्वन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

आरोपित बखत र पीडित सावित्रीको नौ वर्ष अघिको बैवाहिक सम्वन्धबाट सात वर्षको बिवेक र चार वर्षको बसन्त नामका दुई वटा छोरा छन् । यी दुवै अहिले मामलीमै छन्, बिवेक अहिले नेपाल राष्ट्रिय आधारभूत विद्यालय ठानडाँडामा कक्षा ३ मा पढ्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर