नेपाली नारी समाज पोर्चुगलद्वारा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग – Nepal Press

नेपाली नारी समाज पोर्चुगलद्वारा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग

कैलाली । ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली नारी समाज पोर्चुगलले कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेको छ ।

बेसहारा ,मानसिक सन्तुलन गुमाएका तथा विभिन्न घरेलु हिंसाका कारण सडकमा जीवन बिताइरहेका ५० जना महिला तथा बालिकाहरुलार्इ आश्रय दिइरहेको दृष्टि फाउन्डेसनमा आज नेपाली नारी समाज पोर्चुगलले खाधान्न सहयोग गरेको हो ।

समाजमा विभिन्न कारणले घरपरिवारबाट टाढिएका ,मानसिक सन्तुलन गुमाएका तथा समस्यामा परेका नारीहरुलार्इ आश्रय दिइरहेको फाउन्डेसनलाई नारी दिवसका दिन सहयोग गर्न पाउँदा खुसी लागेको नेपाली नारी समाज पोर्चुगलका अध्यक्ष सीता श्रेष्ठले बताइन् ।

पत्रकार प्रकाश मिश्रमार्फत उक्त खाद्यान्न फाउन्डेसनमा हस्तान्तरण गरिएको थियो । पचास हजारभन्दा बढीको खाद्यान्न दृष्टि फाउन्डेसनलाई आफ्नो सहजीकरणमा वितरण गर्न पाउँदा खुसी लागेको मिश्रले बताए ।

उनले विपन्न परिवारलाई यसअघि पनि दर्जनौं पटक यसरी खाद्यान्न वितरण गरिसकेका छन् । मंगलबार चामल, पिठो, दाल, खाने तेल, सोयाबिन, नुन, चिनि ,सब्जी मसला, चकलेट लगायतका खाद्यान्न फाउन्डेसनलाई सहयोग गरेको मिश्रले बताए ।

मिश्रले असाहयहरुलाइ सहयोग गर्ने कार्यमा आफुलाइ मौका दिएकोमा सीता श्रेष्ठ र संस्थापक अध्यक्ष सीता बराललाइ धन्यवाद दिएका थिए । पचास जनाभन्दा बढी महिलालाई यो फाउन्डेसनले आश्रय दिइरहेको छ ।

खाद्यान्न उपलब्ध गराएकोमा फाउन्डेसनकि संचालक कल्पना भट्टले नेपाली नारी समाज पोर्चुगलप्रती आभार व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *