अनमोल-सुहानाको ‘ए मेरो हजुर ४’ को दोस्रो गीत सुन्तला रिलिज (भिडिओ) – Nepal Press

अनमोल-सुहानाको ‘ए मेरो हजुर ४’ को दोस्रो गीत सुन्तला रिलिज (भिडिओ)

काठमाडौं । नयाँ वर्षको अवसरमा आगामी वैशाख १ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ४’को दोस्रो गीत रिलिज गरिएको छ । ‘सुन्तला’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचर्ड छन् ।

सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र मेलिना राई र निशान भट्टराईले स्वर भरेका छन् । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । लोकलयमा तयार पारिएको गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको अडियो र भिडियो निकै उच्च क्यालिटीमा निर्माण भएको देख्न सकिन्छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सिनेमाको कथा निर्देशक झरना थापाले लेखेकी हुन् ।

पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सिनेमामा सलोन बस्नेतको पनि अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर