ओलीको दाबी- पण्डितहरूले ४ सय श्लोक थपेर मनुस्मृति र शास्त्रकै बदनाम गराए (भिडिओ) – Nepal Press

ओलीको दाबी- पण्डितहरूले ४ सय श्लोक थपेर मनुस्मृति र शास्त्रकै बदनाम गराए (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनुले लेखेको मनुस्मृतिमा छट्टु पण्डितहरूले ४ सय श्लोकहरू थपेर विकृत बनाएको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एमालेनिकट अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यज्ञवल्क्य र गार्गीको शास्त्रार्थदेखि मनुस्मृतिको सन्दर्भ कोट्याउँदै मुनले लेखेको आधिकारिक श्लोकमा नारीमाथि अत्याचार गर्नुपर्छ भन्ने कुरा नरहेको बताए ।

ओलीले भने, ‘मनुले लेखेकोलाई पछि ४ सय श्लोकहरू थपे पण्डितजीहरूले आफ्नो स्वार्थका लागि । जसले गर्दा मनुस्मृति विकृत भयो, नत्र त्यति विकृत होइन । पछि थपको श्लोकमध्ये ढोलक, गोरु, भैँसी, सूद्र र महिला पिट्न लगायका छन् भन्ने कुरा, आधिकारिक मनुस्मृतिमा कतै थिएन । त्यसको भाषाले थाहा हुन्छ,नक्कली भाषा पछि थपिएका नचाहिने ४ सय श्लोकमा देखिन्छ । पण्डितजीहरुलाई आग्रह गर्छु, छुट्याउनुस् ।’

अध्यक्ष ओलीले धेरैपछि नारीद्वेषी चार सय श्लोक थपिएको भन्दै यसले मनुस्मृति र शास्त्रको बदनाम गरेको बताए । विद्वानले बाटो बिरायो भने खतरनाक हुन्छ र त्यसले समाजलाई पछिसम्म प्रभाव पार्छ भन्ने कुरा यसबाट पनि पुष्टि हुने ओलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर